काठमाडौँ, माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनका व्यवस्थाबीच विरोधाभास रहेको भन्दै संशोधन गर्न माग गरेको छ ।
प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनमा फरक–फरक व्यवस्था हुँदा विरोधाभासहरू रहेको पनि बताए ।उनले भने, संविधान बमोजिम ऐनको व्यवस्थालाई संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जानुपर्छ ।
उनले थपे, ‘संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको छ । तर, ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको छ, यहाँ विरोधाभास छ ।’ उनले भने, ‘तर त्यसो गर्दा हरेक कार्यकालमा एक–एक महिना कार्यकाल घटेर जान्छ ।
यसलाई संविधान बमोजिम ऐनको व्यवस्था संशोधन गरेर जाऔँ भन्ने हाम्रो माग छ । उनले यही पटकबाट त्यसलाई संसोधन गरेर जानुपर्ने बताए ।