२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा सभामुखको निर्बाचन 

नवनिर्वाचित घिमिरेलाई प्रतिष्पर्धी न्यौपानेको आग्रह : " सबैको अभिभावक बन्नुस् "

बिहिवार , माघ ५, २०७९


काठमाडौँ, माघ ।  प्रतिनिधि सभामा सभामुखको निर्बाचनपछि नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई सिंगो संसद्को अभिभावक बनेर काम गर्न शुभेच्छा प्रकट गरेकी छन् ।प्रतिनिधिसभाको बैठकपछि सांसद् न्यौपानेले घिमिरेलाई संसद्को अभिभावक बनेर काम गर्न शुभकामना व्यक्त गरेकी हुन् ।
‘उनी सभामुखमा निर्वाचित भएका छन । मत हाल्ने र नहाल्ने सबैको, सिंगो संसद्को अभिभावक बनेर काम गर्नुस्स बधाई र कार्यसफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भनिन् ।
उनले आफूलाई निर्वाचन प्रक्रियामा समर्थन र सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरिन् । ‘यो संसदीय व्यवस्था हो । यो व्यवस्था र प्रजातन्त्रमा मेरो पार्टी विश्वास राख्दछ । 
त्यहीकारण म सभामुखको निर्वाचन प्रक्रियामा सहभागी भएँ,’ उनले भनिन्, ‘मलाई मत दिने, मलाई समर्थन जनाउने सबै दल र सांसदहरूप्रति धन्यवाद ज्ञापन गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार