२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा सभामुखको निर्बाचन 

एमालेका देवराज घिमिरे निर्वाचित : " २६८ मध्ये १६७ मत प्राप्त गरे "

बिहिवार , माघ ५, २०७९

 

काठमाडौँ,  माघ । संघीय संसदको सभामुख पदमा आज भएको निर्बाचनमा सत्ता गठबन्धनका उमेद्वार  देवराज घिमिरे निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट  उमेद्वार घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख पदमा बिजयी भएका हुन । 
नेकपा एमालेका तर्फबाट उमेद्वार भएका घिमिरकोे प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।
प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा २६८ मा १६७ मत प्राप्त गरेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा  नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरेकी थिईन ।  पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । 
नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नेछन् । घिमिरे झापा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनस्स्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्‍मा कृष्णप्रसाद भट्टराई सभामुख भएका थिए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार