२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मन्त्रीपरिषद बैठक 

सरकारले प्रवक्ता तोक्यो : " सञ्चारमन्त्री शर्मा बनिन् सरकारको प्रबक्ता "

बुधवार , माघ ४, २०७९


काठमाडौँ, माघ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ । 

सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, , “विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले पनि गर्व बोध गरोस् र सरकारले राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसाबले विभूषणका सम्बन्धमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।” 

त्यसैगरी,  मन्त्रिपरिषद्ले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने पनि निर्णय गरेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा देवराज अधिकारीलाई नियुक्त गर्नुका साथै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिवलाई ऊर्जामा र ऊर्जाका सचिवलाई भौतिक मन्त्रालयमा सरुवा गरेको छ । 
बैठकले सरकारको न्यूनतम कार्यक्रम र नीतिगत प्राथमिकतालाई कार्यान्वयनका निम्ति हरेक मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिएका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार