काठमाडौँ, माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका छन । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन ।
वन तथा वातावरण र युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिएका छन । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित भएपनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गरेका छन ।
नेकपा (एमाले) , नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीकातर्फबाट सरकारमा सहभागिता रहेको छ ।
जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषद्मा सहभागी हुने बताइए पनि अन्तिममा सो दलका तर्फबाट भने सहभागी भएनन् । गत पुस ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवी लामिछानेले जिम्मेवारी सम्हालिसकेका छन । आज मात्रै उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी सम्हालेका छन ।
नवगठित मन्त्रिपरिषद्मा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे शहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस्तै, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, डा विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पाएका छन ।
यस्तै, धुब्रबहादुर प्रधानले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हाल्दा सुशीला सिर्पाली ठकुरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, डा तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र दिपबहादुर सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाँइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन ।
कसले के मन्त्रालय पाए हेर्नुहोस् ।
| क्र.सं.
|
नाम, थर
|
कार्य विभाजन
|
| प्रधानमन्त्री |
| १ |
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ |
वन तथा वातावरण ,युवा तथा खेलकुद |
| उपप्रधानमन्त्री |
| २ |
श्री विष्णुप्रसाद पौडेल |
अर्थ |
| ३ |
श्री नारायणकाजी श्रेष्ठ |
भौतिक पूर्वाधार तथा यातायात |
| ४ |
श्री रबि लामिछाने |
गृह |
| ५ |
श्री राजेन्द्रप्रसाद लिङ्देन |
ऊर्जा, जलस्रोत तथा सिँचाई |
| मन्त्री |
| ६ |
श्री रेखा शर्मा |
सञ्चार तथा सूचना प्रविधि |
| ७ |
श्री विक्रम पाण्डे |
सहरी विकास |
| ८ |
श्री ज्वाला कुमारी साह |
कृषि तथा पशुपंक्षी विकास |
| ९ |
श्री दामोदर भण्डारी |
उद्योग, वाणिज्य तथा आपूर्ति |
| १० |
श्री राजेन्द्र कुमार राई |
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
| ११ |
श्री अब्दुल खान |
खानेपानी |
| १२ |
डा. विमला राई पौड्याल |
परराष्ट्र |
| १३ |
श्री पदम गिरी |
स्वास्थ्य तथा जनसङ्ख्या |
| १४ |
श्री भगवती चौधरी |
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक |
| १५ |
श्री हरिप्रसाद उप्रेती |
रक्षा |
| १६ |
श्री सुदन किराती |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
| १७ |
श्री अमनलाल मोदी |
सङ्घीय मामिला तथा सामान्य प्रशासन |
| १८ |
श्री शिशिर खनाल |
शिक्षा, विज्ञान तथा प्रविधि |
| १९ |
श्री डोलप्रसाद अर्याल |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
| २० |
श्री ध्रुवबहादुर प्रधान |
कानुन, न्याय तथा संसदीय मामिला |
| राज्यमन्त्री |
| २१ |
श्री सुशिला सिर्पाली ठकुरी |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
| २२ |
डा. तोसिमा कार्की |
स्वास्थ्य तथा जनसङ्ख्या |
| २३ |
श्री दिपक बहादुर सिंह |
ऊर्जा, जलस्रोत तथा सिँचाई |