२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

खोज तथा उद्धार केन्द्र भन्छ

विमान दुर्घटनाको उद्धार गर्ने क्रम जारी  : ' ६८ जनाको शव निकालियो '

आइतवार , माघ १, २०७९


काठमाडौँ, पुस । आज पोखरास्थित  सेती नदीको खोंचमा  भएको दुर्घटनामा यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । 
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको  जानकारी दिएका छन । 
समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१- ४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौंबाट बिहान १० :३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको विमान १०- ५० दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

tia-1512023115228-1000x0.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार