२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

महामन्त्री थापाले भने : " हामीलाई संख्याले थिच्यो, बोलेको सुनिदैन "

शुक्रवार , पौष २९, २०७९


काठमाडौँ, पुस ।  पार्टीभित्रको निर्णय प्रक्रियामा संख्या हाबी भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । उनले संख्यामा कमजोर हुँदा आफूहरू सधैँ फरक मत राख्ने र विरोधमात्रै गरिरहने अवस्थामा रहेको बताए । 
काठमाडौं क्षेत्र नं। ४ मा शुक्रबार आमनिर्वाचन लक्षित विभिन्न जिल्लाकालागि गठित सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले थपे, अब पार्टीमा संख्याको शक्ति आर्जन गर्न गाउँ–गाउँमा जानुको विकल्प छैन ।  
‘हामीले केन्द्रीय समितिमा, पार्टीको छलफलमा आफ्नो विचार राख्छौँ, तर त्यो पार्टीको निर्णय बन्दैन । फरक मतकोरुपमा दर्ज हुन्छ, तर पार्टीको राजनीतिक लाइन बन्दैन । त्यहीकारण अहिलेको यो सबै अलमल भइरहेको छ,’ महामन्त्री थापाले भने, ‘हामी माथि छौँ, यहाँ हामीलाई संख्या थिचेको छ । 
त्यसैले अब माथि बसेर मात्रै हुदैन, हामी भुँइमा जानु आवश्यक छ । कांग्रेसको वास्तविक विचार र सिद्धान्तलाई अपनाएको कार्यकर्ताको ठूलो तप्का गाउँमा छ । कार्यकर्ताको त्यो हिस्सा पक्षपाति पनि छैन । उसलाई संख्यासँग पनि मतलव छैन ।’
उनले कांग्रेसले के गर्नुपर्छ भनेर केन्द्रको नेतृत्वभन्दा गाउँ–गाउँमा रहेको कांग्रेसको कार्यकर्ता तप्काले स्पष्ट विचार र योजना प्रस्तुत गर्न सक्षम रहेको बताए । ‘हामीले तलको साथीहरूलाई सोधेको भए, चुनावमा गठबन्धन नगरौँ भन्ने भारी बहुमत त्यसको पक्षमा थियो । 
अहिले विश्वासको मतको कुरामा पनि एकछिन पनि अलमल नगरी साथीहरूले भन्ने थिए, कांग्रेस जस्तो संसदीय व्यवस्थाको पक्षधरले प्रतिपक्षमा बस्नुपर्छ, विश्वासको मत दिनुहुदैन,’ उनले भने, ‘तर यहाँ हामीले भनेको सुनिदैन, हामीलाई संख्याले थिचेर, पेलेर नेतृत्व अघि बढिरहेको छ ।’
महामन्त्री थापाले गठबन्धनमा शक्ति बाँडफाँटमा आफुले भुमिका खेल्न नसकेको आरोप लगाइएको भन्दै त्यसबेला आफूले त्यस्तो भूमिका खेल्ने परिस्थिति नै नरहेको जिकिर गरे । ‘म संसदीय दलको नेताको निर्वाचन सभापतिसँग लडिसकेपछि म पार्टीको महामन्त्री मात्रे रहिन, म त उहाँको प्रतिस्पर्धी पनि भएँ । 
मैले उहाँलाई त्यहीबेला बधाई दिएर आफ्नो भूमिका मागेको थिएँ,’ उनले भने, ‘मैले त्यहाँ महामन्त्रीको भूमिका खोज्ने ठाउँ नै भएन, किनभने म त उहाँसग भर्खरै प्रतिस्पर्धा गरेर आएको थिएँ । त्यसैले मैले उहाँलाई पर्खिनुको विकल्पनै थिएन ।’
महामन्त्री थापाले पार्टीमा संख्याले थिचेकाका कारण कांग्रेसको मतभार बढाउन आफूहरूको पहल निरर्थक बनेको बताए । ‘०१५ सालमा हामीले दुई तिहाई बहुमत ल्याएको बेलादेखि अहिलेसम्मको अवस्था हेर्ने हो भने नेपाली कांग्रेसको विपक्षमा आएको मत संगठित हुँदा त्यो सधैँ पनि धेरै छ । 
उनीहरू जुनसुकै बेला संगठित हुनसक्छन् भनेर हामी सजग हुनुपर्ने थियो,’ उनले भने, ‘हाम्रो अहिलेको मतभार ३०र३२ प्रतिशत हो । यसलाई ४० प्रतिशत पुर्‍याउनकालागि हामीले मेहिनेत गर्नुपर्ने हुन्छ । त्यसकालागि हामीले ८र१० लाख मतदातालाई रिझाउनुपर्ने थियो । 
हामीले घर–घर जाऊ, कांग्रेस जिताऔँ अभियान चलायौँ, त्यसले परिणाम दिन्छ कि भन्ने आशा पनि जगाएको थियो । तर, त्यो अभियानको मर्मविपरीत गठबन्धन भयो, र अहिले हामी यो अवस्थामा छौँ ।’उनले अब कांग्रेसलाई पार्टीको संगठन सुदृढिकरणमा लाग्नुको अर्को विकल्प नरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार