काठमाडौँ, पुस । नेपाली कांग्रेसले माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग छलपफल तथा समन्वय गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख, उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउनेरनउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
यस्तै प्रदेश सभामुख र उपसभामुख निर्वाचनबारे निर्णयको अधिकार प्रदेश कार्यसमितिलाई दिने निर्णय पनि गरिएको छ । ती नेताका अनुसार बैठकमा पार्टी केन्द्रीय समिति बैठकअघि नै भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।
कांग्रेसको महिला संघ, तरुण दल, नेविसंघलगायतमा अध्यक्षमात्रै नियुक्त गरिएको छ । अन्य पदाधिकारी तोकिन बाँकी छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आउँदो माघ १५ गतेका लागि बोलाइएको छ ।