२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सरकारलाई कांग्रेसको विश्वासको मत

प्रधानमन्त्री दाहालले भने : " कांग्रेससँग केही सहमति भएको छैन "  

' विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ'

मंगलवार , पौष २६, २०७९


काठमाडौँ, पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारलाइ नेपाली कांग्रेसले विश्वासको मत दिएपछि नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रधानमन्त्री दाहालले प्रस्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा  सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले उक्त कुरा राखेका हुन । 
प्रधानमन्त्रीलाई कांग्रेसले कुन शर्तमा विश्वासको मत दियो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, कुनै सर्त छैन ।  विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्री दाहालले रक्षा गरेका छन् । ओली र आफूबीच कुनै मतभेद नरहेको पनि उनले दाबी गरे ।
दाहालले संसद्‌मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ । ती प्रतिबद्धता पूरा गर्ने उर्जा दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार