२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एस : 'सरकारलाई विश्वासको मत दिने, विपक्षमा रहने'

मंगलवार , पौष २६, २०७९

 

काठमाडौँ, पुस । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय  गरेको छ । केन्द्रीय सचिवालयको मंगलबार बिहान बसेको बैठकले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । 
एकीकृत समाजवादीले यो सरकारलाई ससर्त समर्थन गर्ने र प्रतिपक्षमा रहने निर्णय गरेको  सो दलको सचिवालयले जनाएको छ । 
एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सदस्य रहेका छन् ।

संसद्को सोमबार भएको पहिलो बैठकमा दलका अध्यक्षका माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए । नेकपा एसले वाग्मति सरकारमा पनि माओवादी नेतृत्वलाई समर्थन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार