२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा बैठक 

सांसद लिङ्देन भन्छन : "अलि धेरै साथी ल्याउँछु भनेको थिएँ, सकिनँ "

सोमवार , पौष २५, २०७९


काठमाडौं, पुस ।  संघीय संसदको आज बसेको अधिबेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले  आफूले अघिल्लो संसदमा प्रतिज्ञा गरेको थिएँ, अलिक धेरै  साथी लिएर आउँछु भनेर  तर नसकेको बताएका छन् ।
गत मंसिर ४ को निर्बाचनबाट  छानिएका प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले  थपे, 'धेरै संख्यामा प्रतिनिधित्व हुन नसके पनि जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएको छौँ ।' 
‘अघिल्लो कार्यकालमा यो संसद भवन छोड्ने बेलामा  मैले अलि धेरै साथी लिएर आउँछु भनेको थिएँ, धेरै त लिएर आउन सकिनँ, तर जनताको भावनाको एउटा बलियो प्रतिनिधिको रुपमा हामी संसदमा आएका छौं’ उनले भने ।
अध्यक्ष लिङ्देनले  थपे, 'जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको र सबै दल र विचारलाई मिलेर अघि बढ्न जनादेश दिएका छन । ‘कुनै पनि राजनीतिक दल एक्लै अगाडि जान सक्दैनौं ।' 
कुनै पनि दल र विचारलाई निषेध गरेर जान सक्दैनौ’ उनले भने, ‘सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुन सक्छ । समस्याको समाधान हुन सक्छ भन्ने जनादेश छ ।’ आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने अध्यक्ष लिङ्देनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार