२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एमाले संसदीय दल छलफल

'बिदेशी हस्तक्षेप रुचाउदैनौ': अध्यक्ष ओली,  'सरकारमा रहँदा चिनियाँ राजदूतको भूमिका बिर्से विद्धान एमाले सांसदले !'

शनिवार , पौष २३, २०७९


काठमाडौँ, पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन ।  एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताए । 
कार्यक्रममा आफू बिदेशी हस्तक्षेप नरुचाउने बताएका ओलीले  आफू सरकारमा रहँदा र बिबाद परेका बेला मिलाउन  चिनियाँ राजदूत खटाएको कुरा भने सम्झन  चाहेनन् र सुन्ने नेता तथा कार्यकर्ता कुन तहका र सोचको स्तर बारे भने कसले सम्झाउने ? 
सरकारमा रहँदा  चिनियाँ  कम्युनिष्ट पार्टीका नेता आएर सरकार र पार्टी कसरी चलाउने भनेर तालिम दिएको प्रसंग चाहिँ कहाँ हरायो ?  के नेपाली जनता भेडा नै हुन त ? ओलीले जे भन्छ त्यो जस्ताको तस्तै पत्याउनै पर्ने ?   
उनले कार्यक्रममा थपे, “यो सरकारलाई सफल बनाउन चाहान्छौँ”, अध्यक्ष ओलीले भने, “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छौँ । सरकारले सही नीति लेओेस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस ।” 
उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए ।  
अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरुलाई निर्देशनसमेत दिए ।  
एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले केही बाहिरी तत्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमुधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए ।

 “हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ”, अध्यक्ष ओलीले भने ।  उनले सांसदहरुलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए ।  उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । 
अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरुलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे ।  
कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताए । उनले  संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।   
विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरुले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण गरिएको बताए ।  उनका अनुसार दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार