काठमाडौँ, पुस । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुगेकी छन । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुगेकी हुन । उनका समयावधिकालका घट्ना हेर्दा र प्रस्तुत शैली विश्वकै एउटा धनाढय महारानीभन्दा कम नभएको रुप देखाएकी राष्ट्रपति भण्डारीको कार्यकाल सबैभन्दा विबादित बनेको थियो । आफ्नो कार्यकाल सकिनै लाग्दा आम जनतामा पछि बाटामा थुक्छन भनेर नाटक गरेकी भण्डारी साझा चढ्नुपर्ने चाहिँ एउटा नाटकको रुप भएको विश्लेषण आम नागरिकको छ ।
undefined
पदमा आएपछि डेढ अर्बको हेलिकेप्टर आफ्नो प्रयोजनका लागि खरिद गर्नेदेखिका महंगा कार्पेटसम्मको विवादमा फँसेकी भण्डारीको साझा चढ्नेलाई नाटक भन्दा अर्को सम्बोधन के हुनुक्छ त ? यसैबीच, हाकुपटासीमा सजिएर पाटन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरेकी छन । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी छ । पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइृन । पिम्बहाः मा उहाँले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिईन । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्केकी छन ।