कठमाडौँ, पुस । विश्व हिन्दु महासंघले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०१ औँँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । महासंघको यही पुस २१ गते बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
सो दिन बिगत बर्षहरु झैँ यसबर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाउनका साथै बैठकले पृथ्बी जयन्तीको दिन सार्बजनिक बिदा दिन सरकारसँग माग गरेको महासंघद्धारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।
साथै महासंघले सरकारसँग राष्ट्र निर्माताको तस्बिर अंकित नेपाली नोट मुद्रण र हुलाक टिकटमा तस्बीर प्रकाशित र पृथ्वीनारायण शाहको दिब्योपदेशलाई शैक्षिक पाठ्यक्रममा समाबेश गर्न पनि माग गरेको छ ।
यसैगरी, जन्मजयन्तीका अवसरमा महासंघले २४ गते आईतबार प्रबचन गोष्ठी कार्यक्रमको आयोजना गर्दैछ भने २७ गतेका दिन सिंहदरबार आगाडी श्री ५ बडामहाराजाधिराज पृथ्बीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको महासंघका कार्यबाहक अध्यक्ष अस्मिता भण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।