२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

संसदीय दलको बैठक आज बस्दै  : 'बैठकअघि पदाधिकारीबीच छलफल '

शुक्रवार , पौष २२, २०७९


काठमाडौँ, पुस । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठक अघि शुक्बार  पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका छन । 
सभापति देउवा निवासमा आज भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए । 
बैठकमा भोलि शनिबार बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री शर्माले जानकारी दिएका छन । 
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । 
निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले) लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन ।  प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुने तय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार