२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

देउवा  - नेपाल भेटवार्ता

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल  : " भेट अर्थपूर्ण "

शुक्रवार , पौष २२, २०७९


काठमाडौँ, पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 
पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् । देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए ।

शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको छ ।
भर्खरै बनेको सात दलीय गठबन्धनले विश्वासको मत लिने तयारी गरिरहेका बेला देउवा र नेपाल बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार