२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मौसम पूर्वानुमान शाखा भन्छ

देशभर प्रदूषणले जनजीवन प्रभावित  : " पानी परेन, वायू प्रदूषण दिनहुँ  बढ्दै "

बिहिवार , पौष २१, २०७९


काठमाडौँ,  पुस । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौँ उपत्यकासहित देशभर धुलो धुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ ।

सो शाखाले काठमाडौँ, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ ।हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ ।

काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई)  १५३ रहेको छ । यस्तै भक्तपुरको  १५४, तुलसीपुरको १०८ र धनकुटाको १०६  रहेको छ । एक्यूआई सूचकाङ्क सयदेखि  १५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा  १५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ ।

सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । उक्त सूचकाङ्क अनुसार  १५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । 
अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार