२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एकीकृत समाजवादी

सरकारबारे निर्णय भएन : ' दलहरूसँग एकताबारे छलफलकाे जिम्मा सचिवालयलाई' 

मंगलवार , पौष १९, २०७९


काठमाडौँ, पुस । नेकपा एकीकृत समाजवादीले वामपन्थी धारमा रहेका सबै दलहरुलाई एकता गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको छ । पोलिटब्युरोको दुई दिनसम्म चलेको बैठकले एकता, सहकार्य, मोर्चा बनउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउन आवश्यक गृहकार्य गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ ।
हाम्रो पार्टी वामपन्थीहरु बीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरुको पक्षमा काम गर्ने हिजो पनि गर्‍यौं र भोलि पनि गर्ने छौं, प्रवक्ता जगन्नाथ खतिवडाले सञ्चारकर्मीलाई भने,  'केन्द्रीय सचिवालयलाई यस विषयमा गृहकार्य गर्न अनुमति  दिएको छ । यस कामलाई केन्द्रीय सचिवालयले समन्वय गर्दै छ ।'
सरकारको बारेमा पनि थप अध्ययन गर्न आवश्यक भएको भन्दै यस विषयमा पनि आवश्यक अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको खतिवडाले जानकारी दिए ।
'सरकारको बारेमा बृहत छलफल गरेका छौं । यसको विषयमा थप अध्ययन, छलफल र विचार विमर्श गर्नुपर्ने र यसले देश र जनतामा के कस्तो कार्यक्रम ल्याउछ र हाम्रो दलसँग उसको के कस्तो सम्बन्ध हुन्छ साथै नागरिक सम्बन्धको विषयमा कस्ता नीति ल्याउँछ भन्ने चासो छ,  खतिवडाले भने, धेरै कुरा बुझ्नुपर्ने भएकाले पोलिटब्युरोले यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।'
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा सरकारमा समसामयीक राजनीतिक अवस्थाको बारेमा सदस्यहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार