२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 दाहाल  - ओली भेटवार्ता

विश्वासको मत लिने तयारी : ' सरकारलाई पूर्णता दिनेबारे छलफल '

मंगलवार , पौष १९, २०७९

 

काठमाडौँ, पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विश्वासको मतको तयारी र सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।

विश्वासको मतको लिने सम्बन्धमा भएको तयारी र मन्त्रिपरिषदलाई पूर्णता दिनेसहितको विषयहरुमा प्रधानमन्त्री र सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छु दाहाल सचिवालयका सूर्य किरणले सञ्चारकर्मीलाई भने ।

सत्ता सहयोगी दलहरु भने मन्त्रिपरिषदको टुंगोपछि मात्र विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन । संविधानको धारा ७६ (२) अनुसार बनेको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहाल र ओलीबीच विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । दाहालले पुस ११ गते सपथ लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार