२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जनता समाजवादी पार्टी

राजनीतिक समिति बैठक  निर्णय : ' सम्मानजनक सिट पाए मात्रै सरकारमा जाने'

मंगलवार , पौष १९, २०७९


काठमाडौँ, पुस । जनता समाजवादी पार्टीले पद बाँडफाँटमा सम्मानजनक स्थान प्राप्त गरे मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको राजनीतिक समितिको मंगलबार सम्पन्न बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए सरकार बाहिरबाट समर्थन गर्ने जनाएको छ ।
हामीले राष्ट्रपतिदेखि प्रदेशको उपसभामुखसम्म सम्मानजनक बाँडफाँट खोजेका हौं,  महासचिव मनिष सुमनले  सञ्चारकर्मीसँग  भने, 'हाम्रो दाबी छैन, हामी सरकारको रवैया कस्तो हुन्छ त्यो हेर्छौं ।' सात दलीय वर्तमान सत्ता गठबन्धनमा जसपा एउटा घटक हो ।
२ दिनसम्म चलेको समितिको बैठकले अन्य राजनीतिक दल वा संगठनहरुसँग एकता, सहकार्य र गठबन्धन सम्बन्धमा वार्ता गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ ।जसको सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् ।

त्यसैगरी निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, अन्तर्घात गर्नेहरुको सम्बन्धित समितिहरुबाटै कारबाही गर्ने निर्णय पनि समितिले गरेको छ ।
संघीय परिषद्‍ र केन्द्रीय सदस्यहरुको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा ५ सदस्यीय समित गठन भएको छ ।  माघसम्म समय दिएर गठन गरिएको समितिको सदस्यहरुमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमिला यादव रहेका छन् ।
त्यसैगरी, पार्टी अधिवेशन लागि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति पनि जसपाले गठन गरेको छ । 
सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबू राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवति सुवेदी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार