२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश १ : नेपाली कांग्रेस

कांग्रेस संसदीय दल : " नेतामा थापा निर्वाचित, २९ मतमा १८ प्राप्त "

शुक्रवार , पौष १५, २०७९


मोरङ,  पुस  ।  प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षका प्रदेश सांसद उद्धव थापा निर्वाचित भएका छन् । 
दलको नेतामा उम्मेदवारी दर्ता गराएका तीन जनामध्ये थापाले १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । कांग्रेस प्रदेश सभापति थापा समानुपातिबाट प्रदेश सांसद भएका हुन् ।
संस्थापन इत्तर शेखर कोइराला पक्षका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्यालले २ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले  जानकारी दिएका छन । 
संस्थापन इत्तर शेखर कोइराला पक्षका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्यालले २ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार