२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल - भारत सम्बन्ध 

भारतले नेपाललाई भन्यो : ' नयाँ  सरकारसँग मिलेर काम गर्न तयार छौँ '

प्रवक्ता अरिन्दम बाग्ची : ' दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक '

बिहिवार , पौष १४, २०७९


काठमाडौँ, पुस । नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ ।  भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन । 
गत मङ्सिर ४ गते भएको निर्वाचनपछि यही पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । 
नेपालमा निर्वाचनपछि गठन भएको सरकार र राजनीतिक परिस्थितिका बारेमा एक सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रवक्ता बाग्चीले भने, “पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने बित्तिकै हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन ।  नेपालका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिएका छन । ” 
दुई देश बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए ।  नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने पक्षमा रहेको उल्लेख गर्दै उनले भने,  “दुई देशका बीचमा रहेको अद्वितीय एवं सांस्कृतिक सम्बन्धलाई बढावा दिँदै मिलेर काम गर्ने आशा राखेका छौँ । द्विपक्षीय सम्बन्धलाई बढाउने कुरामा हामी कुनै कमी हुन दिँदैनौँ ।”
प्रवक्ता बाग्चीले यसअघि नै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताएको दोहो¥याए । नयाँ सरकारलाई बधाई दिने क्रममा नै यो सन्देश दिइसकेको उनको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार