२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

नेता डा. कोइरालाले भने  : 'गठबन्धन टुट्नुमा माओवादीको पदीय आशक्ति र कांग्रेस नेतृत्वको कमजोरी' 

बुधवार , पौष १३, २०७९


मोरङ , पुस । कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले माओवादी केन्द्रको पदीय आशक्ति र पार्टी नेतृत्वको कमजोरीले गठबन्धन टुटेको बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा बुधबार कोइरालाले अब यो विषयमा पुस २२ गते हुने पार्टी बैठकमा निर्मम समीक्षा गर्ने बताएका हुन् । 

‘गठबन्धन नगरी सरकारै नबन्ने संविधान रहेको तर हमीले निर्वाचनपछि गठबन्धन गर्नुपर्ने पक्षमा थियौं तर निर्वाचन अगाडि नै गरिसकेपछि त्यसलाई अगाडि बढाउने जिम्मेवारी कांग्रेसको थियो,’ उनले भने, ‘सबभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले प्रधानमन्त्री छोड्न नमिल्ने स्वाभाविकै हो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पदीय आशक्ति र कांग्रेसबाट वार्ता गर्नेहरुको कमजोरीले यो अवस्था आयो ।’
माओवादी अध्यक्ष दाहालले गठबन्धनको मर्मलाई नस्वीकार्नु, पार्टी नेतृत्वले माओवादी केन्द्र र एमालेको चाल थाहा नपाउनुले कांग्रेस प्रतिपक्षमा पुगेको कोइरालाको भनाइ थियो ।
सत्ता समीकरणको वार्ताका लागि पार्टी नेतृत्वले न्यूनतम महामन्त्रीहरुलाई सहभागी गर्नुपर्ने थियो तर त्यतिसम्म पनि नगर्नु नै ठूलो कमजोरी भएको कोइरालाको भनाइ थियो । पार्टीको विशेष अधिवेशन कठिन रहेकोले पार्टीको नीति अधिवेशन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार