२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस : बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

बुधवार , पौष १३, २०७९


काठमाडौँ, पुस । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित भएका छन ।

आज भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै उनी दलको नेता चयन  भएका हुन ।   सर्वसम्मतरूपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा उनले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गरेका छन ।  

लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरेका थिए ।   बानियाँ यसअघिको सरकारमा पनि दलको नेता हुन । मतदानमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार