२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्वाचित

बुधवार , पौष १३, २०७९


काठमाडौँ,  पुस  ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन ।  संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित भएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन ।  
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो ।
यादव बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन । जसपाको संसदीय दलको नेतामा सङ्घीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए । 
तथापी दलको नेता चयनका लागि दुबै नेताले उम्मेदवारी नदिएको जसपाले जनाएको छ । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद  छन ।  जसपाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार