२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली सेना : नयाँ प्रवक्तामा भण्डारी

मंगलवार , पौष १२, २०७९


काठमाडौँ, पुस । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।
एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिल्वालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दैछन । 
सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार