२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस 

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : " चुनावी समिक्षा हुने "

मंगलवार , पौष १२, २०७९


काठमाडौँ, पुस ।  सत्ता गठबन्धन टुटेपछि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन ।  बैठक सभापति देउवाले पुस २२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन ।  
केन्द्रिय कार्य समिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिने बताएका छन ।
चुनावमा ८९ सिट जित्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस दलहरुबीच सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य बनेको छ । बैठकमा यीसहित समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने मुख्यसचिव पौडेलले बताए ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद अरुलाई नदिने अडान लिएपछि माओवादी केन्द्रले एमालेसहितका दलहरूसँग मिलेर गठबन्धन सरकार बनाएको छ । त्यस्तै ७ वटा प्रदेशसमा समेत नयाँ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । 
कांग्रेस नेतृत्वले सुझबुझ पूर्ण निर्णय नगर्दा संघ र प्रदेशमा प्रतिपक्षमा बस्न परेको भन्दै केही नेताले विशेष महाधिवेशनसमेत माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार