२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रचण्ड देशका ४४ औँ प्रधानमन्त्री : ' सिंहदरबार पुगेर पदभार ग्रहण गरे  '

सोमवार , पौष ११, २०७९


काठमाडौँ, पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका छन । 
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे ।  त्यसलगत्तै उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गरेका छन । 
त्यसपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका छन ।  त्यसलगत्तै उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगे ।  प्रधानमन्त्रीको पद बहाली लगत्तै मन्त्रिपरिषद्को बैठक गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार