२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा माओवादी केन्द्र

पदाधिकारी बैठक पेरिस डाँडामा : " सरकार गठबन्धन बैठक बस्दै "

सोमवार , पौष ११, २०७९


काठमाडौं, पुस । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिस डाँडामा जारी छ । बैठकमा  सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल  भएको जनाइएको छ । 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइरहेको एक नेताले बताए ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् ।

माओवादी केन्द्रको बैठक लगत्तै ११ बजे सत्ता गठबन्धन ( प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु) को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार