२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नयाँ सरकार गठन प्रक्रिया

प्रचण्ड नेतृत्वमा सरकार बन्ने : 'ओली निबासमा सहमति, प्रचण्ड नेतृत्व साढे दुई बर्ष' 

नयाँ गठबन्धन : ' एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दल'

आइतवार , पौष १०, २०७९


काठमाडौँ, पुस । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको  चार दलीय बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।
बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले सञ्चारकर्मीलाई भने,  दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ । 
नयाँ गठबन्धनमा  एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने  भएको छ ।  
जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिने जनाइएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार