२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सरकार गठन प्रकिैया

बालुवाटारमा गठबन्धन धरापमा : 'ओली निवासमा  चार दल बैठक जारी '

आइतवार , पौष १०, २०७९


काठमाडौँ, पुस ।  प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास थालेका छन् । नयाँ सरकार गठनमा शक्ति बाँडफाँटका विषयमा दलहरुबीच भागबन्ड नमिल्दा कांग्रेस नेतृत्वको गठबन्धन संकटमा परेको छ भने नेकपा एमालेले माओवादी केन्द्रसहित अन्य दलहरुसँग मिलेर नयाँ गठबन्धन निर्माणको प्रयास थालेको छ । 
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली‚ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरू सहभागी रहेका छन्  बैठकमा एमाले नेताहरू विष्णु पौडेल‚ शंकर पोखरेल‚ विष्णु रिमाल‚ माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ‚ देव गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहभागी भएका छन् ।
बालुवाटारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका हुन् । दाहाल पुग्नुअगावै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए । अहिले लिङ्देन निस्किएका छन् भने एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र रास्वपाका अध्यक्ष लामिछानेसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् ।  दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार