२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा माओवादी संसदीय दल बैठक 

माअ‍ेवादी केन्द्र संसदीय दलको नेता  : " अध्यक्ष दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन 

बिहिवार , पौष ७, २०७९


काठमाडौँ, पुस । नेकपा (माओवादी केन्द्र) को संसदीय  दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । 
यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भएका छन ।  दलको उपनेता र सचेतक भने चयन गरिएको छैन । यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन ।  प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत  छन । 
माओवादीको आजको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । 
सोही बैठकले प्रमुख सचेतकमा नेता पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो ।  गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार