२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ 

पछिल्लो २४ घण्टा  :  'देशभर थप ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि' 

बुधवार , श्रावण १८, २०७९


काठमाडौँ, साउन । देशभर पछिल्लो २४ घण्टामा  ९१५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

हालसम्म नेपालमा ११ लाख ३१ हजार ८५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३०१   सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७०  हजार  ९२६ पुगेको छ ।  
नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार  ९६८ पुगेको छ  । त्यसैगरी पछिल्लो समय ५५ हजार  ५५९ ले खोप लगाइसकेका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३३ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार २७५, संस्थागत आइसोलेसनमा  १५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार