२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

बितेका २४ घण्टा : 'पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना सङ्क्रमणमुक्त'

आइतवार , कार्तिक ७, २०७८

काठमाडौँ, कात्तिक । बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

छ हजार ६१ जनाको पिसिआर परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३५ जना सङ्क्रमित भेटिएका हुन् ।

देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेका, २२० जना क्वारेन्टिनमा रहेका तथा पछिल्लो २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३४८ पुगेको छ । आइतबारसम्मको तथ्याङ्कअनुसार आठ लाख नौ हजार ५६ जना सङ्क्रमित भएका छन् भने सात लाख ८७ हजार ५०७ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार