२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

अमेरिकाले दिएको फाइजर खोप सोमबार नेपाल आइपुग्ने

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं, कात्तिक । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोगस्वरूप उपलब्ध गराइएको हो।
अमेरिकाले दिएको उक्त खोप सोमबारसम्म नेपाल आइपुग्ने दूतावासले जनाएको छ। यसअघि जुलाईमा अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्स खोप नेपाललाई सहयोग गरेको थियो। 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार