२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

२४ घण्टा: थप १ हजार २७१मा कोरोना सङ्क्रमण,१४ को मृत्यु

बिहिवार , भाद्र २४, २०७८

काठमाडौँ, भदौ। पछिल्लो२४ घण्टामा देशभर १२७१ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । सोही अवधिमा १८४५ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा परीक्षण गर्दा १२७१ जनामा संक्रमण भएको हो । हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएकायस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार