२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टा : 'थप १ हजार ८९ मा कोभिड १९ सङ्क्रमण, २० को मृत्यु'

आइतवार , भाद्र २०, २०७८

काठमाडौँ, भदाै । पछिल्लो २४ घण्टामा थप १ हजार ८९ मा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ। योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ६९ हजार २७१ मा र एन्टिजेन विधिबाट ८५ हजार ५० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५३४ कोभिड १९को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख २७ हजार १८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २० को मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ८३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ९७१ को नमुना परीक्षण गरिएको छ । हाल ५२३ जनाको आइसियु र १६२ को भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार २४८ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार