२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

देशभर कोरोना : २४ घण्टामा एक हजार ७५६ मा सङ्क्रमण

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौँ, भदौ । देशभर आज एक हजार ७५६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २४ घण्टामा १४ हजार ३३४ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार छ पुगेको छ । २,२७४ सङ्क्रमण मुक्त आज दुई हजार २७४ जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सात लाख २३ हजार ४५६  सङ्क्रमण मुक्त भएका छन् ।

बिहीबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । लगातार दुई दिनदेखि सङ्क्रमण मुक्त हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत र बिहीबार ९४.२ प्रतिशत सङ्क्रमण मुक्त हुने दर रहेकामा आज ९४.३ प्रतिशत पुगेको छ । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २३ जनाको ज्यान गएको छ । हालसम्म १० हजार ८०९ को सङ्क्रमणबाट ज्यान गएको छ ।

नेपालमा प्रति १० लाखमा ३६४.३ को सङ्क्रमणको कारणले निधन हुने गरेको छ । त्यस्तै ५४० सघन उपचारकक्ष (आइसीयू), १५६ भेन्टिलेटर, ३० हजार ६६२ होमआइसोलेशन, दुई हजार ३४४ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा छन् ।

नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ वटा छन् । आज एक लाख ६४ हजार ३०२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार