२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टा : 'थप २ हजार ४ मा कोभिड १९ सङ्क्रमण, १६ को मृत्यु'

बिहिवार , भाद्र १७, २०७८

काठमाडौँ, भदाै । पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ। योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ६५ हजार ९१४ जनामा र एन्टिजेन विधिबाट ८४ हजार २९४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख २१ हजार १८२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १६ को मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ७८६ पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ६५० को नमुना परीक्षण गरिएको छ ।

हाल ५४४ को आइसियु र १६६ को भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ९४६ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार