२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्यो 

सङ्क्रमणमा कमी आउँदे :'निको हुने दर ९३ दशमलव ९ प्रतिशत'

सोमवार , भाद्र १४, २०७८


 
काठमाडौँ, भदौ ।  कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । 
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ५९ हजार २२२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८२ हजार ९७१ रहेको छ ।
नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 
हाल नेपालमा ३२ हजार ७४४ होम आइसोलेशन, तीन हजार ५२  संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ६२५  आइसीयू र १६७ भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३४३  क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७९६  छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार