काठमाडौँ, भदौ । पछिल्ला केही दिनयता नयाँ थपिने सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत साता ४० हजार पुगेको सक्रिय सङ्क्रमित सङ्ख्या आइतबार आज ३५ हजार ७ सयमा झरेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८८ मा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म पिसिआर विधिबाट ७ लाख ५९ हजार २२२ मा र एन्टिजेन विधिबाट ८२ हजार ९७१ मा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २६० कोभिड १९को सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख १२ हजार ७१२ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ को मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २९७ को नमुना परीक्षण गरिएको छ ।
हाल ६२५ को आइसियु र १६७ को भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या ३५ हजार ७९६ रहेको छ ।