२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

२४ घण्टामा:थप २ हजार ४८२ संक्रमित,४४ को मृत्यु

बुधवार , भाद्र ९, २०७८

काठमाडौँ,भदौ।पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोभिड १९ को सङ्क्रमण भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ५२ हजार ८ सय ६३ जनामा र एन्टिजेन विधिबाट ८१ हजार ५ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८१ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ३ हजार ९ सय ६४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय १२ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार २ सय ९० जनाको नमुना परीक्षण गरिएको छ ।हाल ६ सय १० जनाको आईसीयु र १ सय १६१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या ३८ हजार २ सय ८७ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार