२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टा : थप २ हजार २१२ संक्रमित, ३३ को मृत्यु

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं, साउन ।पछिल्लो २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार