काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ४८१ मा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख २३ हजार २९६ मा र एन्टिजेन विधिबाट ७२ हजार ९५ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८८५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३० को मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १८० पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ६५६ को नमुना परीक्षण गरिएको छ ।
हाल ७९६ को आईसीयु र १८४ को भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमित संख्या ३८ हजार ३३ रहेको छ ।