काठमाडौं, साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८६ र एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल ३६ हजार २८८ सक्रिय सङ्क्रमितमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ३८१, सघन उपचार कक्षमा ७४१ र भेन्टिलेटरमा १८६ जना रहेका छन् ।
त्यस्तै, क्वारेन्टिनमा ४४१ जना रहेका छन् । यही अवधिमा थप १७८४ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् ।
नेपालमा निको हुने दर ९३।५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ ।
नेपालमा कोभिड १९ बाट मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ ।