२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

टोकियो ओलम्पिक : 'चीनको रफ्तार कायमै, अमेरिका पछ्याउँदै'

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं, साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३४ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ।

चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्। अहिलेसम्म चीनले कुल ७४ पदक हासिल गरेको छ। उसले २४ रजत र १६ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको २९ स्वर्ण रहेको छ।

उसले ३५ रजत र २७ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले २२ स्वर्ण, १० रजत र १४ कांस्य जितेको छ। चौथो स्थानमा रहेको अष्ट्रेलियाले १७ स्वर्ण, ५ रजत र १९ कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको आरओसी १६ स्वर्ण २२ रजत र २० कांस्य रहेको छ।

त्यसैगरि बेलायतले १६ स्वर्ण, १८ रजत र १७ कांस्यसहित छैटौँ स्थानमा रहेको छ। सातौं स्थानमा जर्मनी ९ स्वर्ण, १० रजत र १६ कांस्य सहित रहेको छ। फ्रान्स, इटली र नेदरल्याण्ड्स ७-७ स्वर्ण सहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार