काठमाडौं, साउन । पछिल्लो समय कोरोना भाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ को मृत्यु भएको छ।
यसअघि बुधबार ३५ र मंगलबार २४ को कोरोनाबाट मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८ थपिएका छन् ।
१८ हजार ४०८ मा परीक्षण गर्दा सो संख्यामा संक्रमित भएको हो । यस्तै सोही अवधिमा २०१२ निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ पुगेको छ ।
त्यसमध्ये ६ लाख ६३ हजार ६६३ निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।