२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

टोकियो ओलम्पिक : 'चीनको अग्रता कायमै, अमेरिका तेस्रो'

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं, साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १५ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ।

चीनले ७ रजत र ९ कांस्यसहित कुल ३१ पदक हासिल गरेको छ। त्यसैगरि दोस्रो स्थानमा जापान रहेको छ। जापानले १५ स्वर्ण ४ रजत र ६ कांस्य प्राप्त गरेको छ।

अमेरिका १४ स्वर्णसहित तेस्रो स्थानमा रहेको छ। अमेरिकाले १४ रजत र १० कांस्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । यस्तै ८ स्वर्ण, १२ रजत र ९ कांस्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया ८ स्वर्ण, दुई रजत र दश कांस्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ५ स्वर्ण, ७ रजत र ६ कांस्यसहित छैटौँ, दक्षिण कोरिया ४ स्वर्ण, ३ रजत र पाँच कांस्यका साथ सातौँ, फ्रान्स ३ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै आठौँ, जर्मनी ३ स्वर्ण, ३ रजत र ७ कांस्यका साथ नवौँ तथा इटाली २ स्वर्ण, ७ रजत र १० कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार