२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

काठमाडौं उपत्यकामा : ' थप ७७४ कोरोना संक्रमण, २० को मृत्यु '

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं, साउन । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ७७४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौंका ४७५, ललितपुरका १६७ र भक्तपुरका १३२ छन्। काठमाडौं उपत्यकामा अहिले आठ हजार ३९  सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९६६  सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९  कोरोना संक्रमित थपिएका छन्। १७ हजार ५१८ मा कोरोना भाइरसको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यसको संक्रमणबाट थप २० को मृत्यु भएको छ भने १७७५  संक्रमित निको भएका छन्। अहिलेसम्म यसको संक्रमणबाट ९७५८ ले ज्यान गुमाएका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार