काठमाडौं ,साउन । पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोभिड १९ को संक्रमण भएको छ । हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या २७ हजार २ सय २८ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको नमुना परीक्षण गरिएको छ ।